एउटा ग्रहण,
टाइममा लाग्यो
अर्को ग्रहण,
बे टाइममा लाग्यो
ग्रह हरु आमने सामने हुँदा
सीधा रेखामा पर्दा
बस्छ रे
कालो धब्बा !
दुई मनको सीधा रेखा
कहिल्यै सोझिएन ,
मिलाऊं न अझै भनेर
कहिल्यै सोधिएन,
त्यसैले त कहिले काहीं ,
बे टाइम मै
लाग्दो रहेछ ग्रहण ,
आकाशको ग्रहण के ग्रहण
मनको ग्रहण पो ग्रहण ;
उज्यालीन नसक्ने ,
सधै अँधेरो ,
बे टाइमको !
Friday, January 15, 2010 |
Posted in
Saturday, January 02, 2010 |
Posted in
बोलेर मिठो
घोलेर माया
देखेर रुप
छोपेर छाया
देख्दैमा दंग
हिंड्ने त्यो ढङ्ग
देखेको सपना
नहोस है भङ्ग
मज्जाले हाँस्ने
खुलेर बाँच्ने
अलिकति मनमा
सम्झना साँच्ने
सोचिरहन्छु....
छैन र कोही ?!
देउन आभास
यो मनलाई छोइ !
घोलेर माया
देखेर रुप
छोपेर छाया
देख्दैमा दंग
हिंड्ने त्यो ढङ्ग
देखेको सपना
नहोस है भङ्ग
मज्जाले हाँस्ने
खुलेर बाँच्ने
अलिकति मनमा
सम्झना साँच्ने
सोचिरहन्छु....
छैन र कोही ?!
देउन आभास
यो मनलाई छोइ !
Wednesday, December 30, 2009 |
Posted in
उठ्न,
उज्यालो होईन
आलार्म बज्नु पर्छ ;
खान,
भोक होईन
घडिको सुइ घुम्नु पर्छ ;
छलफल, भेटघाट....
ल, अनलाईन बसौ न !
माया प्रेम.....?!
अँ.....
त्यो किबोर्ड,मोनिटर
की तारमा छ,
सरि यार
जिन्दगी,
अलि हतारमा छ !
उज्यालो होईन
आलार्म बज्नु पर्छ ;
खान,
भोक होईन
घडिको सुइ घुम्नु पर्छ ;
छलफल, भेटघाट....
ल, अनलाईन बसौ न !
माया प्रेम.....?!
अँ.....
त्यो किबोर्ड,मोनिटर
की तारमा छ,
सरि यार
जिन्दगी,
अलि हतारमा छ !
My profile
Blog Archive
- 10 January - 17 January (1)
- 27 December - 3 January (2)
- 20 December - 27 December (2)
- 9 August - 16 August (1)
- 31 May - 7 June (1)
- 24 May - 31 May (1)
- 22 March - 29 March (1)
- 1 March - 8 March (1)
- 8 February - 15 February (1)
- 14 December - 21 December (1)
- 9 November - 16 November (1)
- 26 October - 2 November (1)
- 14 September - 21 September (1)
- 6 July - 13 July (1)
- 15 June - 22 June (1)
- 1 June - 8 June (1)
- 25 May - 1 June (1)
- 11 May - 18 May (2)
- 23 March - 30 March (4)

